युनाइटेड इन्स्योरेन्सका अध्यक्ष कार्कीले लिए सपथ, बैंक र बीमाको लामो अनुभव

Advertisement

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष भरत बहादुर कार्कीले सपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले युनाईटेडका अध्यक्ष कार्कीलाई सपथ ग्रहण गराएका हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका कार्कीले पहिलो पटक युनाईटेडका अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

उनीले यस अघि नेपाल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् । त्यस्तै, उनले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि पुरा गरिसकेका छन् । कृषि अनुसन्धानमा बिशेष दख्खल राख्ने कार्कीको अध्यक्षतामा युनाइटेड इन्स्योरेन्सले फड्को मार्ने प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।

 

Advertisement

Advertisement

Advertisement