एनआईसी एशियाका सेयरधनीले पाउने भए २१ प्रतिशतभन्दा बढि लाभांश

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ। भदौ ११ गते बसेको सञ्चालक समिति बैठकले ११.०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१.०५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २२औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंको हाल चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपियाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपियाँ पुग्नेछ । गत आर्थिक वर्षमा एनआइसीले ३ अर्ब ५ करोड ५५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपियाँ ५६ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement