नेप्से दोहोरो अंकले घट्दै १२०० बाट पनि ओरालो लाग्यो

Advertisement

काठमाडौं । पछिल्ला दिनमा प्रायः एकल अंकले घटेको सेयर बजार परिसुचक नेप्से आज बुधबार भने दोहोरो अंकले घटेको छ । बाणिज्य बैंकसहित सबै समूहमा गिरावट आउँदा नेप्से १० दशमलव २६ अंकले घटी एक हजार दुई सयबाट ओरालो लागेको हो । आज नेप्से एक हजार १९७ दशमलव ७५ अंकमा आइपुगेको छ ।

आज २७ करोड २४ लाख रुपियाँको कारोबार भयो । सबैभन्दा धेरै रुरल माइक्रोफाइनान्सको संस्थापक सेयर एक्लैको १० करोड ५४ लाख रुपियाँको खरिद बिक्री भयो । दोस्रोमा कुमारी बैंकको सेयर तीन करोड ५० लाख रुपियाँको खरिद बिक्री भयो ।

आज कुल १२६ वटा कम्पनीको सेयर कारोबार भएकोमा जम्मा २६ वटाले नाफा गरेका छन् भने बाँकी कम्पनीका लगानीकर्ताले घाटा सहनुपरेको छ । अनुपातमा नाफा धेरै गर्नेमा सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement