मन्त्री बास्कोटाको जनतालाई सुझाव– संविधान दिवसको विदा तास खेलेर र बियर खाएर खेर नफालौं

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले संविधान दिवसको विदा ताल खेलेर, पिकनिकमा रमाइलो गरे, बियर खाएर, गर्ल फ्रेन्ड ब्याई फ्रेण्डसँग घुम्न गएर खेर नफाल्न सुझाव दिएका छन् ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको उपसमितिको बैठकमा बुधबार उनले संविधना दिवसको विदा राष्ट्रिय दिवसको रुपमा मनाउन दिइएको भन्दै यसलाई खेर नफाल्न आग्रह गरेका हुन् । बास्कोटाले घुम्न वा अरु कुनै रमाइलोका लागि बिदा नदिइएको प्रष्ट पार्दै यो दिवसमा घुम्न जाने वा घरमै बसेर अर्रु रमाइलो गर्ने काम नगर्ने आग्रह गरे । सोहीअनुसार मानिसहरुको ध्यानाकर्षण गर्न र प्रचार प्रसार गर्न पनि उनले निर्देशन दिए ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन भएकोमा बास्कोटाको अध्यक्षतामा प्रचारप्रसार समिति बनाइएको छ । सरकारले असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरेको छ । यस बर्ष विशेषरुपमा संविधान दिवस मनाउन भन्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरुले राष्ट्रिय झण्डा घरघरमा देखिनेगरी राख्नुपर्ने उर्दी जारी गरिरहेका छन् ।

आजको बैठकमा बास्कोटाले मान्छेको ध्यान आकर्षित हुने गरी संविधान दिवसको प्रचार गर्ने राष्ट्रिय झण्डाको कसरी प्रयोग गर्ने ? बारे कार्यक्रम बनाइने बताए । उनले युवाहरूलाई लक्ष्य गरी टुँडिखेल र दरबार क्षेत्रमा कन्सर्ट गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement