संकटमा बेलायती प्रजातन्त्र- संसद निलम्बित, विपक्षी अदालत जाँदै

Advertisement

काठमाडौं । आधुनिक लोकतन्त्रको मानक मानिँदै आएको बेलायतको लोकतन्त्र आफैं संकटको भूमरीमा फसेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसद निलम्बन गर्ने निर्णय गरेका छन र त्यसलाई महारानी एलिजावेथले समेत सहमति दिएकी छिन् ।

बेलायतलाई युरोपियन युनियनको सदस्यबाट अलग गर्ने बेक्जिट मामलाका कारण बेलायती राजनीति अस्थिर बन्दै आईरहेको छ । जोनसन सरकारले सेप्टेम्बर महिनाबाट लागु हुने गरि संसद निलम्बनको प्रस्ताव पठाइएको थियो र त्यसलाई महारानीले सहमति दिएकी छिन् ।

प्रधानमन्त्री जोनसनले १४ सेप्टेम्बरमा महारानी एलिजावेथले देशका नाममा सम्बोधन गर्ने र त्यसमा रोमाञ्चक एजेण्डा आउने दावी गरेका छन् ।
यद्यपी विपक्षी राजनीतिक दलहरुले भने संसद बिघठनको निर्णय र महारानीको सहमति अपमानजनक भएको प्रक्रिया दिएका छन् ।

प्रधानमन्त्री जोनसनले भने देशलाई अघि बढाउने सवालमा आफुसँग पर्खने समय नभएको बताउँदै आएका छन् । उनले संसदलाई निलम्बन गर्नु अघि कानुनहरु बनाउन र छलफल गर्न पर्याप्त समय रहेको दावी पनि गरे ।

बेक्जिट प्रकरणलाई संसदीय प्रक्रियाबाट छल्न सरकारले निलम्बनको अस्त्र अघि सारेको आरोप छ । सांसदहरुलाई ब्रेक्जिट प्रक्रियाको अपनत्व ग्रहण गर्न नदिने षडयन्त्र भैरहेको पनि विपक्षीको आरोप छ । प्रधानमन्त्री जोनसनले ३१ अक्टोबरका दिन बेलायतले युरोपियन युनियन छाड्न चाहेको बताईरहेका छन् ।

Advertisement

Advertisement

Advertisement