सुनको मूल्यमा फेरी एकैपटक तोलाको आठ सयले वृद्धि, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७३ हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज आठ सय रुपियाँले बढेर प्रतितोला ७३ हजार चार सय रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७३ हजार एक सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार ९३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६२ हजार ६७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८९५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७६७ रुपियाँ ५० कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement