नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आईपीएस अनलाइन ई–पेमेन्ट प्रणालीमा

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस  (एनसीएचएल)ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई बुधबारबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु गर्न सक्नेछन् ।

बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएकोमा अब कनेक्टआईपीएस ई–पेमेन्ट को सेवा पनि थप गरिएको हो ।

Advertisement

Advertisement

Advertisement