२ लाख ७० हजार घुससहित चार जना घुस्याहा पक्राउ, को को परे अख्तियारको फन्दामा ?

Advertisement

काटठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ७० हजार घसु रकम सहित चार जना घुस्याहालाई पक्राउ गरेको छ । आयोगको टोलीले काठमाडौंका पशुपति मित्र माध्यमिक विद्याालयका क्यान्टिनको ठेक्का पट्टामा घुस मागेका सहायक प्रधानाध्यापक भरत बिक्रम बीसी र लेखापाल बद्रीप्रसाद पराजुलीलाई एक लाख पचास हजार रुपैंयाँ सहित पक्राउ गरेको हो ।

आयोगले उनीहरुलाई विद्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो । त्यस्तै, बुटवल मालपोत कार्यालयका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई जग्गा नामसारी गर्ने नाममा सेवा ग्राहीसँग एक लाख बीस हजार रुपैंया घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

Advertisement

Advertisement

Advertisement