अर्थमन्त्रीलाई चेम्बर अध्यक्षले बुवा भनेपनि...... एक दिन जेल हाल्ने घोषणा

Advertisement

काठडमाडौं । शुक्रबार कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन । नेपाल चेम्बर अफ कमर्शले नेपालको अर्थतन्त्रका विद्यमान अवस र चुनौती बिषयका अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । त्यसका प्रमुख अतिथि थिए अर्थमन्त्री डा. युवराज खतिवडा । प्रधानमन्त्री केपीका विश्वास पात्र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र उनै ओलीले अर्थमन्त्री बनाईदिएका डा. खतिवडाको सम्बन्ध नराम्रो हुने कुरै भएन् ।

कार्यक्रमको आरम्भमै चेम्बर अध्यक्ष श्रेष्ठले बुवाको मुख हेर्ने दिने निजी क्षेत्रको वुवा अर्थात अविभावकलाई हेर्न कार्यक्रम आयोजना गरेको बताए । ‘आजको बुवाको मुख हेर्ने दिन, हामी निजी क्षेत्रका लागि बुवा भने पनि अविभावक भने पनि माननीय अर्थमन्त्रीज्यू नै हो, त्यसैले बुवाको मुख हेर्ने दिन पारेरै यो कार्यक्रम आयोजना गरियो’, श्रेष्ठले भने ।

श्रेष्ठले अर्थमन्त्रीलाई बुवा/अविभावक भनिरहँदा मन्त्री डा. खतिवडा भने मुस्कुराईरहेका थिए । चेम्बरका देशभरका प्रतिनीधीहरु सहभागी कार्यक्रममा अध्यक्ष श्रेष्ठले करिब आधा घण्टा निजी क्षेत्रका असन्तुष्ठि सुनाए । उनले अहिलेकै अवस्था जारी रहे अर्थतन्त्र समाप्त हुने चेतावनी पनि दिए । सुरुमा अर्थमन्त्री प्रति निजी क्षेत्रले ठुलो आसा गरेको भएपनि त्यो आशामै सिमित भएको पनि उनको गुनासो थियो । उनले राजश्व छलीको मुद्धामा व्यवसायीलाई जेल हाल्ने कुरामा गम्भिर आपक्ति जनाए । त्यति मात्रै होइन, भिसिटिएस र प्यान अनिवार्य गर्ने कुराले पनि व्यवसायीको मनोबल गिरेको उनको निष्कर्ष थियो ।

राजश्व छल्नेलाई जेल हाल्नुको विकल्प छैनः अर्थमन्त्री
चेम्बर अध्यक्ष र करिब २ दर्जन व्यवसायीका कुरा सुनिसकेपछि धारणा राखेका अर्थमन्त्रीले करिब १ घण्टा लामो सम्बोधन गरे ।
उनले राजश्व छल्ने व्यवसायीलाई एक दिन भएपनि जेल हाल्नै पर्ने बताए । ‘राजश्व छलीका ठुला मुद्धामा एक दिन भएपनि जेल हाल्नै पर्छ, बर्षाै जेल हालेर व्यवसाय नै समाप्त पार्ने होइन, सामाजिक दण्डका रुपमा केहि दिन जेल हाल्ने हो’, मन्त्री डा. खतिवडाले भने ।
उनले संसार भर ठुला कर छलीमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री, कलाकार र खेलाडीलाई समेत केहि दिन जेल हालेर पाठ सिकाउने गरिएको बताउँदै नेपालमा पनि त्यो आवश्यक रहेको बताए ।
एक हजार भन्दा बढी भुक्तानीमा स्थायी लेखा नम्बर(प्यानं अनिवार्य गरिएको बिषयमा आवश्यक संसोधनका लागि छलफल अघि बढिसकेको पनि मन्त्री खतिवडाले बताए ।

Advertisement

Advertisement

Advertisement