शासन महंगो संघीयताले होइन, राजनीतिज्ञको स्खलित चरित्रले हो

Advertisement

पहिले केथियो अहिले के छ ?
काठमाडौं । संघीयता महंगो भयो भनेर खुब हल्ला मच्चिरहेको छ । तर यो कसरी महंगो हुन पुग्यो, यसमा ध्यान दिईएको छैन ।
पहिले र अहिलेमा के फरक छन् ?
१) पहिला ४१४६ वटा स्थानी निकाय( सरकारहरू) थिए, अहिले ७६१ सरकार मात्र छन् ।
२) पहिले २ लाख निर्वाचित जनप्रतिनिधि थिए, अहिले ३९,००० मात्र छन् ।
३) पहिले ६० जनासम्म मन्त्री थिए, अहिले ११५ जति छन्।
४) पहिले २०५ सांसद थिए, अहिले ८८० छन् ।
५)पहिले ७५ जिल्ला थिए, अहिले ७७ छन् ।
६) पहिले सेना प्रहरी गरी ५० हजार थिए, अहिले २ लाख छन्।
७) पहिले निजामति कर्मचारी १ लाख थिए, अहिले ८० हजार छन् ।
८) पहिले करिब १५० जना न्यायाधीश थिए, अहिले ४०० जति छन् ।
९) पहिले नेताहरूले गाडी तेल तलब खासै लिदैनथे, समाज सेवाभावले राजनीति गर्थे, अहिले सबै नेता र तिनका आसेपासेलाई तलब, गाडी, तेल सुविधा लिनुपर्छ, जागिरे भावले नेता बनेका छन् ।
१०) पहिले खासै खर्च नगरी चुनाव लड्थे र जित्थे, अहिले करोडौं खर्च नगरी चुनाव जितिन्न, जितेपछि कैयन गुणा असुल्नुपर्छ ।
११) पहिले माफियातन्त्र थिएन, अहिले अधिकॉश नेता माफिया र अण्डरवर्ल्डका मतियार छन् ।
१२) पहिले नेताहरू ट्याम्पु, बसहरूपनि चढ्थे, अक्सर बाटामा भेटिन्थे, अहिले ल्याण्डक्रुजर भन्दा सस्तो गाडी चढ्दा तिनलाई हिनभावना हुन्छ ।
१३) पहिले ईमानलाई सूत्र बनाईन्थ्यो, अहिले लुटलाई धर्मकर्म मानिन्छ ।
१४) पहिले कानुन, न्याय, पुण्य वा समाजमा ईज्जतलाई महत्व दिईन्थ्यो, अहिले सर्बभक्षी हुनमा लाज, घीन, पाप केही मान्दैनन् ।

किन यस्तो भयो त ?
यी संघीयताका कारणले हैन, नेताहरूको मगज मक्किएर।कुहिएर यो व्यवस्था महंगो हुँदै गएको हो र हुनुपर्छ।
त्यसो त नेपालीहरूको स्वभावमा जुनसुकै राजनीतिक व्यवस्था हातमा पर्यो त्यसैलाई मिल्काईदिने राजनीतिक(मानसिक रोग छ। हातमा भएको चरीको मतलब छैन, आकाशमा उडेको गन्दै आत्मरति गर्छन् ।

स्खलित नैतिक, आध्यात्मिक, मानसिक , धार्मिक, सांस्कृतिक, संस्कार, शिक्षा, संगति, संगठन, जीवनशैली, सोच, सहकार्य, समानता, सेवाभावका कारणबाट नेपालीहरूको जिवन महंगो मात्र हैन, दुरूह र भ्रष्ट बन्दै गएको छ ।

हालमा जिवनचर्या महंगो हुनाको मूल कारण संघीयता हैन, संघीयताले बनाई दिएको बॉदरलाई लिस्नोले र होलसेलमा सबै क्षेत्र, समाज, वर्गमा व्याप्त युनिभर्शल करप्सनले हो ।

Advertisement

Advertisement

Advertisement