अनेरास्ववियू केन्द्रिय कमिटी अब ३३५ सदस्य हुने, गठन भए ३ उप समिति

Advertisement

काठमाडौं । सत्तारुढ नेकपाको जनवर्गिय संगठन अनेरास्ववियूको केन्द्रिय समितिमा ३३ प्रतिशत संख्या वृद्धि हुने भएको छ । संगठनका इञ्चार्ज हितमान शाक्य, सह इञ्चार्ज बिनोद ढकाल, संयोजक ऐन महर र सह संयोजक रञ्जित फ्याक्सन कमिटीको आजको निर्णय, हितमान शाक्य, सह इञ्चार्ज तामाङ सम्मिति बैठकले हाल कायम रहेको २५१ सदस्यीय केन्द्रिय कमिटीलाई ३३ प्रतिशतले वृद्धि गरेर ३३५ सदस्यीय बनाउने निर्णय भएको हो ।

सो निर्णयलाई विधामा व्यवस्था गरेर केन्द्रिय कमिटी बैठकबाट अनुमोदन गराउने निर्णय भएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । जसमा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जनाले केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्नेछन् भने माओवादी निकट अनेरास्ववियू(क्रान्तिकारी)बाट १५५ जनाले केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्नेछन् ।

बैठकले ३ वटा उप समिति गठन गरेर आगामी योजना निर्माण गर्ने निर्णय पनि गरेको छ । राजनीतिक, सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना पेश गर्न  संयोजक ऐन महरको नेतृत्वमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह सदस्य रहेको उप समिति बनाएको छ ।

त्यस्तै, सह संयोजक रञ्जित तामाङको नेतृत्वमा सुनिता वराल, सुदेश पराजुली र समिक वडाल सदस्य रहेको विधान मस्यौदा समिति गठन गरेको छ । त्यस बाहेक उत्तम अधिकारी संयोजक रहेको आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमितिमा आरसि लामिछाने, झपिन्द्र खत्री र केशव रावल सदस्य रहेका छन् । पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्ड तथा बरिष्ठ नेता माधव कुमार नेपाल निकट रहेका विद्यार्थी नेताहरुलाई शक्ति सन्तुलनका आधारमा समेट्दै उप समिति गठन गरिएको हो । बैठकले भदौ ३१ र असोज १ गते केन्द्रिय कमिटी बैठक डाकेको छ ।

Advertisement

Advertisement

Advertisement