दुध किसानहरुको चेतावनी– दुधको मूल्य बढाइयोस्, नभए चम्चाले थाल ठटाएर सरकार ढाल्दिन्छौं

Advertisement

काठमाडौं । दुध उत्पादक किसानहरुले तत्काल दुधको मुल्य बढाउन सरकारलाई दबाब दिएका छन् । शनिवार राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाजले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।

विगत तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो । दुधको मूल्य सिफारिस गर्न बनाइएको सरकारी कार्यदलले मौसमअनुसार दुधको मूल्य बढाउन सिफारिस गरिसके पनि सरकारले त्यसलाई कार्यान्वयन गरिसकेको छैन् ।

यता किसानहरुले भने आफूहरुको उत्पादन लागतमा बिगत तीन बर्षयता ३० प्रतिशतभन्दा बढि मुल्य बृद्धि भएको दावी गर्दै दुधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने माग गरेका छन् ।

उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारी गुम्ने र खर्बाैं रुपियाँका गाई, भैंसी नासिने जिकिर गरेका छन् । यसबाट राज्यको खर्बको व्यापार घाटा बढ्ने समाजको भनाई छ ।

किसानहरुले अहिलेकै मूल्यमा आफूहरुको लागत पनि नउठ्ने बताउँदै कर्मचारी कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफूहरुले लागत मूल्य पनि उठाउन नसकेको बताए ।

संस्थाका अध्यक्ष आनन्द निउरेले नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको तर्क गरे । भारतमा माहात्मा गान्धीले जनतालाई आफूले भात खाने थाल हालमा समातेर विहान उज्यालो भएदेखि बेलुका साँझसम्म चम्चाले ठटाई विरोध जनाउन गरेको अनुरोध गरेको र त्यही विरोधले ब्रिटिसहरु लज्जित भएर भारत छोडेको इतिहास आफूहरुको सामु रहेको पनि उनले सुनाए ।

नेपालका ६५ प्रतिशत किसानले त्यस्तै अनुसासित आन्दोलन शुरु गरे भने सरकार सात दिन मात्र टेक्ने निउरेको चेतावनी छ ।

समिति सचिवालय सदस्य दीपक तिमिल्सेनाले राज्यले किसानको परिश्रमको मूल्यमा खेलवाड गरिरहेको आरोप लगाए । बजारमा सबै क्षेत्रको मूल्य आकासिएको अवस्थामा किसानका उत्पादनमा भने कुनै बृद्वि विकास नभएको उनको गुनासो छ ।

राज्यको नीति तथा कार्यक्रम कृषक लक्षित नरहेको बताउँदै उनले आर्थिक परिवर्तनका कुनै काम नभएको प्रष्ट पारे । कृषकको उत्पादनमा रहेको लागत पाउनुपर्ने तिमिल्सेनाको माग रहेको छ ।

उनले भने, ‘अहिले राष्ट्रिय अर्थतन्त्रमा पशुपालन तथा दुध उत्पादनको भूमिका ११ प्रतिशत रहेको छ । त्यसलाई बढाउँदै २५ प्रतिशतसम्म पु¥याउने हैसियतमा हामीहरु पुगिसकेका छौ । अबका पाँच बर्षलाई कृषि बर्र्षको रुपमा धोषणा गरिनुपर्र्छ ।’
संस्थाका केन्द्रिय सल्लाहकार राजेन्द्र पन्तले राज्यको सबै क्षेत्रमा मूूल्य बृद्वि भईरहेको बताउँदै दुधको मूल्य बढाउनमा सरकारले आफ्नो मागलाई बेवास्ता गर्दै आएको बताए ।

उनले भने, ‘पेट्रोलको पटक–पटक बढ्ने, तरकारी जन्य दैनिक उपभोग्य बस्तुको मूल्य आकासिएर छुन नसक्ने अवस्थामा पुगेपनि दुधको मूल्य विगत तिन बर्षदेखि यथावत नै रहेको छ ।’

आफूहरुले बजारमा ल्याएको दुधलाई स्तरीय नमान्ने तर भारतबाट आयात गरिएको दुधमा देशले समृद्विदेखि रहेको भन्दै पन्तले आक्रोस पोखे । उनले भने, ‘पत्रकारदेखि नेतासम्म सबैको परिचयपत्र हुने तर कृषक परिचय पत्र नहुने । गाँउ–गाँउमा सिंहदरवार पुगेको भन्ने तर सिंहदरवार छिर्न हामीले अझै नागरिकता देखाउनुपर्ने बाध्यता रहेको छ । तुरुन्त किसान परिचय पत्र वितरण होस ।’

इन्द्रमणि गैरेले विगत तीन बर्षदेखि खाद्यान्नलगायत पशु आहारको मूल्य झण्डै दुई गुनाभन्दा बढि बृद्वि भएको र राज्यका राष्ट्र सेवक कर्मचारीको तलब पनि बृद्वि भईरहदा किसानले उत्पादन गरेका दुधको मूल्य यथावत रहेको बताए ।

उनले भने, ‘अहिलेकै अवस्तामा नेपालका युवाहरु विदेश पलायत भइरहँदा नेपालमा उत्पादनका क्षेत्रमा बृद्वि गर्न नसकेको अवस्थामा राज्यले बैदेशिक रोजगारीलाई बढावा दिएको तर वास्तविक किसानको परिश्रमलाई बेवास्था गर्दै आएको छ । किसानको परिचय खै ? आशा छ आगामी दिनमा राज्य सञ्चालन गर्ने निकाय अनुसारकै परिचय पाउने छौ ।’

Advertisement

Advertisement

Advertisement