अभिकर्ता बढाउने अभियानमा राष्ट्रिय बीमा संस्थान, बुटवलमा सकियो तालिम

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले देशैभर अभिकर्ता बढाउने अभियान थालेको छ । बीमा बजारमा एग्रेशिभ मुभ लिने तयारी गरिरहेका प्रशाक कवि प्रसाद पाठकले अभिकर्ता वृद्धिको अभियान थालेका हुन् ।

हरेक महिना एउटा शहरमा तालिम सञ्चालन गर्ने योजना अनुसार संस्थानले बुटबलमा तीन दिने तालिम सम्पन्न गरेको छ । भदौ १२ गतेदेखि १४ गतेसम्म ४६ जना अभिकर्ताहरुलाई तालिम दिएको प्रशासक कवि प्रसाद पाठकले जानकारी दिए । नयाँ अभिकर्ताहरु उत्पादन गरेर बीमा बजार विस्तारमा लागिपरेको पनि उनले बताए ।

आइतबार नारायणगढमा पुराना अभिकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दैछ । संस्थानले भदौ २६ गते नयाँ अभिकर्ताहरुका लागि तालिम आयोजना गर्दैछ । ‘हामी आक्रामक ढंगले बजार विस्तारको अभियानमा छौं, पुराना अभिकर्तालाई प्रोत्साहन गर्ने र नयाँ अभिकर्ता तयार पारेर बजारमा जाँदैछौं’, प्रशासक पाठकले कर्पाेरेट नेपालसँग भने ।

Advertisement

Advertisement

Advertisement