लुम्बिनी विकास बैंकको अध्यक्षमा रिजाल नियुक्त

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकको हालै नियुक्त भएका नव नियुक्त अध्यक्ष दशरथ रिसालले सपथ ग्रहण गरेका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

लुम्बिनी विकास बैंकको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उनलाई बैंकले अध्यक्ष पदका नियुक्त गरिएको थियो ।

रिसालको बैंक तथा वित्तीय संस्थाको संचालक पदमा रही कार्य गरेको करिब १२ वर्षको अनुभव तथा विभिन्न व्यवसायीक तथा सामाजिक संस्थाहरुमा लामो समय कार्य गरेको अनुभव समेत रहेको छ ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, का मु. निर्देशक विरेन्द्र दत्त अवस्थि र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement