४ अर्ब ५० करोडको दोर्दी खोला हाइड्रोको सुरुङ ब्रेक थ्रु, चैतदेखि २७ मेगावाट बिजुली थपिने

Advertisement

काठमाडौं । ४ अर्ब ५० करोेड लागतको दोर्दी खेला हाइड्रो पावर प्रोजेक्टको सुरुङ ब्रेक थ्रु भएको छ । आयोजनाको २.८ किलोमिटर लामो सुरुङ आइतबार ब्रेक थ्रु भएको हो ।

हिमालयन पावर पार्टनर्सद्धारा प्रवद्र्धित दोर्दी खोला हाइड्रोबाट चैत महिनादेखि २७ मेगावाट विद्युत उत्पादन हुनेछ । कम्पनीले यस अघि भदौमा उत्पादन गरिसक्ने लक्ष्य तय गरेको थियो । आइतबार हिमालयन पावर पार्टनर्सका सञ्चालक तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सुरुङको ब्रेक थ्रु  गरेका हुन् ।

कम्पनीमा गैर आवासीय नेपालीहरुको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ ग्रुप र वर्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको कुल ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालीको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, आईएमई ग्रपको १०.२९ प्रतिशत र उत्तम कुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement