यस बर्षको ‘नाडा अटो शो’ सम्पन्न, करिव ८५ हजारले गरे अवलोकन

Advertisement

काठमाडौं । यस बर्षको नाडा अटो शो २०१९ सम्पन्न भएको छ । भृकुटीमण्डपमा सञ्चालन भएको छ दिने मेला करिब ८५ हजारले अवलोकन गरेको आयोजक नाडा अटोमोवाइल एशोसियशनले आइतबार साँझ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मेला विगतमा भन्दा ठूलो स्थानमा, निकै व्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण निकै भब्य भएको भन्दै आयोजकले मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका हाइव्रिड तथा इलेक्ट्रिक कारमा भिड लागेको जनाएको छ ।

एशोसियशनले हरेक बर्ष दशैं नजिकिएपछि यस्तो मेला गर्ने गरेको छ । यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहिनत गरेको स्टलबाट नै अनुमान गर्न सकिन्थ्यो । मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारी साधनको स्टल टोयोटाको लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रालिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल केटियमका लागि नेपालको आधिकारिक विक्रेता हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रालिले जितेको छ । त्यसैगरी बेष्ट सपोटिङ स्टलकातर्फबाट टोटल लुव्रिकेण्टसका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी ल्युव आयल प्रालिले जितेको छ ।

अटो शो मा सहभागी ९५ कम्पनीहरुलाई मोमेण्टो समेत वितरण गरिएको थियो । समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भ दाहालले नाडा अटो शो २०१९ लाई सफल बनाउन सहयोग पुर्याउने सबै सरोकारवाला कम्पनी र संस्थालाई धन्यवाद दिए ।

Advertisement

Advertisement

Advertisement