काभ्रेपलाञ्चोकमा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

Advertisement

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा धुलिखेल र पनौती नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले छ वर्ष अघि शुरु गरिएको ‘काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विसं २०६९ मङ्सिरमा आयोजना निर्माणबारे सम्झौता भएको थियो । निर्माण कार्य २०७० जेठदेखि शुरु भएको हो । अहिलेसम्म आयोजना निर्माणको म्याद आठ पटक थप गरिएको छ । एक लाख ३६ हजार जनसङ्ख्यालाई लक्ष्य गरी थालिएको सो आयोजनाको लागत रु एक अर्ब २९ करोड ९२ लाख रहेको छ । अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख नारायण श्रेष्ठले जानकारी दिएका छन् । तीन मुहान र पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ ।

पनौती–१२ भालेश्वर दोभानमा पाइप ममर्तको काम भइरहेको छ । सडक डिभिजन र नगरपालिकाले सडक विस्तारका क्रममा पाइपलाइन बिगारेकाले मर्मत गर्नुपर्ने अवस्था आएको काभ्रे उपत्यका एकीकृत खानेपानी कार्यालयका प्राुख श्रेष्ठले बताए । पुराना खानेपानी पाइपलाइनमा छिट्टै पानी जाने र नयाँमा अलि ढिला हुनेछ, उनले भने । पनौतीको चाँमखर्क र सल्लेमा छुट्टै तरिका अनुसार प्रशोधन केन्द्र निर्माण गरी वितरण गर्नुपर्ने भएकाले ढिला भएको हो ।

आयोजनाका इन्जिनीयर तारा प्रधान छिट्टै पानी वितरण गरिने बताउनुहुन्छ । तिहार पछि मात्रै पानी उपलब्ध गराउन सकिन्छ, उनले भने । उक्त आयोजना नेपाल सरकार एशियाली विकास बैंक नगरपालिका र खानेपानी बोर्डको सहयोगमा निर्माण भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement