स्पर्स लघुवित्तका लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर

Advertisement

काठमाडौं । स्पर्स लघुवित्तले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर दिने भएको छ । स्पर्सले आर्थिक वर्ष २०७५/७६ सालको नाफाबाट आफ्ना लगानीकर्तालाई सो मात्रामा बोनस सेयर दिन लागेको हो ।

कम्पनीको सञ्चालक समितिले पास गरेको लाभांश सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणा सभाबाट पारित गर्नुपर्नेछ ।

हाल ८ करोड २९ लाख चुक्ता पुँजी भएको कम्पनीले १ करोड ७ लाख ८५ हजार १ सय ९० रुपैंयाँ बराबर लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले कर प्रयोजनका लागि ५ लाख ६७ हजार ६ सय ६२ रुपैंयाँ छुट्टै रकम पनि विनियोजन गरेको छ ।

Advertisement

Advertisement

Advertisement