सुनचाँदीको भाउ बढ्यो, कति छ आज मूल्य

Advertisement

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार भने बढ्न पुगेको हो ।

मंगलवार नेपाली बजारमा छापावाल सुन प्रतितोलाभ ७२ हजार ५ सय रुपियाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५ सय रुपियाँले बढेको हो । मंंगलवार तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपियाँमा कारोबार भैरहेको छ ।

मंगलबार चाँदीको भाउमा पनि वृद्धि भएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासँघले जनाएको छ । सोमबार भने चाँदी प्रतितोला ८ सय ८५ रुपियाँमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement