किसान माइक्रोफाइनान्सका सेयरधनीलाई २५.१४ प्रतिशत बोनस सेयर

Advertisement

काठमाडौं । किसान माइक्रोफाइनान्सका लगानीकर्ताले २५.१४ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनी सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले आफ्ना लगानीकर्तालाई २४ प्रतिशत बोनस सेयर र १.१४ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि दिने निर्णय गरेको हो ।

कम्पनीले २ करोड ६ लाख ४२ हजार २ सय ८० रुपैंया बराबरको बोनस सेयर दिनेछ । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement