६८ जनालाई करारमा जागिर दिँदै नागरिक उड्डयन प्राधिरण, यस्तो चाहिन्छ योग्यता 

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जनालाई करारमा जागिर दिने भएको छ । प्राधिरणले सार्वजनिक सूचना प्रकाशित गर्दै ६८ जना प्राबिधिकलाई करारमा नियुक्तीका लागि आवेदन भर्न आव्हान गरेको हो ।

एयर ट्राफिक सर्भिसेसमा ३८ जना र एभियसन फायर सर्भिसेसमा ३० जना प्राबिधिकलाई एक वर्षका लागि नियुक्त गर्न लागेको हो । धिकरणले आगामी १५ दिनभित्र केन्द्रिय कार्यालय बबरमहलबाट आवेदन भर्न सकिने व्यवस्था गरेको छ ।

एयर ट्राफिक सर्भिसेसका लागि विज्ञान, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातक तह उतिर्ण गरेको अथवा प्राधिरणको मान्यता प्राप्त संस्थाबाट ६ महिनाको तालिम लिएको हुनुपर्छ ।

एभियसन फायर सर्भिसका एसएलसी उतिर्ण र प्राधिरणको मान्यता प्राप्त संस्थाबाट जिवनोद्धार तथा अग्नि नियन्त्रक तालिम लिएको हुनुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement