एनआईसी एशिया र ग्लोबल कि टेक्नोलेजिजबीच क्यासब्याक सम्झौता, मोबाइल किन्दा १० प्रतिशत छुट

Advertisement

काठमाडौं । एनआई सीएशिया बैंक र ग्लोबल कि टेक्नोलेजिजबीच क्यासब्याक सम्झौता भएको छ । टेक्नोलोजीको रिचार्जर एप प्रयोग गरी एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोडेलको मोबाइल फोन खरिद गर्दा १० प्रतिशत क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको हो । अरु बैंकको मोबाइल बैंकिङ मार्फत् उक्त मोबाइल फोन खरिद गर्दा भने ५ प्रतिशत मात्रै क्यासब्याक पाइन्छ ।

यो योजना भदौ १८ देखि असोज १ गते सम्म सञ्चालन हुने जनाइएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरेका छन् ।

मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको एनआईशी एशिया करिब १८ लाख ग्राहकका साथ देशको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

Advertisement

Advertisement

Advertisement