आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ भदौ २० मा हुने

Advertisement

काठमाडौं । मानव संसाधन समाज नेपालले आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ आयोजना गर्ने भएको छ । मानव संसाधन विकासको क्षेत्रमा लागिपरेको मानव संसाधन समाज नेपाल (एचआरएसएन)ले यहि सेप्टेम्बर ६ तारिख अर्थात भाद्र २० गते आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ होटल र्याडिसनमा आयोजना गर्ने भएको हो । यस सम्मेलनको मुख्य नारा ‘अपस्किलिङ एण्ड रिस्किलिङ एचआर’ रहेको छ ।

यस सम्मेलनमा नेपालका विभिन्न संघ संस्थामा कार्यरत मानव संसाधन अधिकृत, व्यवसायीक व्यक्तित्वहरु, ट्रेनिङ्ग म्यानेजर, प्रमुख कार्यकारी अधिकृत, निर्देशकहरु, एचआर प्रोफेसनल लगायतको सहभागिता रहनेछ ।

राष्ट्रिय मानव संसाधन सम्मेलन संस्थाको नियमित वार्षिक कार्यक्रम हो । यो नियमित संम्मेलनबाट नेपालमा मानव संसाधनको अवस्था र यसको प्रयोगको बारेमा विश्लेषण गर्दै भविश्यको लागि कस्तो मानव संसाधन आवश्यक पर्छ भन्ने बारे दिशानिर्देशन गर्न सहयोग पुर्याउँछ ।

यस कार्यक्रममा पहिलो पटक नेपालमा गरिएको नेपाल स्कील रिपोर्टको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिनेछ । ‘नेपाल स्कील रिपोर्ट’ नामक प्रारम्भिक अध्ययन प्रतिवेदनमा नेपालका विभिन्न संघसंस्थाहरुमा के कस्तो सिप र योग्यता भएको मानव संसाधनको आवश्यकता रहेको छ भन्ने बारेमा अध्ययन गरिएको छ ।

राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ का संयोजक तथा मानव संसाधन समाज नेपालका उपाध्यक्ष मधु पौडेलले सम्मेलनमा पहिलो पटक विभिन्न संस्थाहरुमा गरिएको मानव संसाधनको अवस्था बारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए ।

‘राष्ट्रिय एचआर सम्मेलनले आधुनिक र विकासको चरणमा रहेको नेपालको मानव संसाधन कस्तो हुनुपर्नेछ भन्ने बारेमा छलफल गर्ने प्लेटफर्म तयार पार्नेछ, मानव संसाधनको क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधार गर्ने र भविश्यमा स्तरिय मानव संसाधन विकास गर्न सहयोग पुर्याउनेछ,’ राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ का संयोजक तथा मानव संसाधन समाज नेपालका उपाध्यक्ष पौडेलले भने ।

अपस्किलिङ एण्ड रिस्किलिङ एचआर विषयमा केन्द्रित रहि विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विषय विज्ञहरुले आफ्ना विचारहरु प्रस्तुत गर्ने छन् भने मानव संसाधन प्रकृयालाई प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बारेमा समेत छलफल हुनेछ ।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायीक व्यक्तित्व र एकेडेमिसिएनहरुका विचमा प्यानल डिस्कसन समेत हुनेछ। राष्ट्रिय मानव संसाधन सम्मेलन पारेर ‘एचआर म्यानेजर अफ दि ईयर’को अवार्ड घोषणा तथा वितरण समेत गरिनेछ ।

स्वदेश र विदेशका गरि करिब २५० जना भन्दा बढि एचआर विज्ञ, व्यवस्थापन विज्ञहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक, वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, गैरसरकारी संस्थाहरु, उत्पादनमूल्यक कम्पनीहरु, सूचना प्रविधि, पूर्वाधार, बीमा, निर्माण र परामर्शको क्षेत्रबाट सहभागिता जनाउने छ ।

राष्ट्रिय एचआर सम्मेलनमा एचआर विज्ञ तथा स्ट्राटेजी लिडर अफ सिम्प्लि एचआर सोलुसन एलएलपी, तथा एण्ड टु एण्ड एच आर सलुसनका रजनिश सिंहले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछन् । आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९लाई निम्बल अफिस एचआरएमले मुख्य प्रायोजन गरेको छ ।

स्वदेश र विदेशका गरि करिब २५० जना भन्दा बढि एचआर विज्ञ, व्यवस्थापन विज्ञहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक, वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, गैरसरकारी संस्थाहरु, उत्पादनमूल्यक कम्पनीहरु, सूचना प्रविधि, पूर्वाधार, बीमा, निर्माण र परामर्शको क्षेत्रबाट सहभागिता जनाउने छ ।

Advertisement

Advertisement

Advertisement