सुरुमा दोहोरो अंकले घटेको सेयर बजार अन्तिममा सुधार

Advertisement

काठमाडौं । सेयर बजारमा बुधबार सामान्य सुधार आएको छ । सेयर बजार परिसुचक नेप्से तीन दशमलव ८७ अंकले बढेर एक हजार १९४ दशमलव ७७ कायम भएको छ । कारोबारको शुभारम्भमा १० अंकले घटेको बजार अन्तिममा तीन अंकभन्दा बढिको सुधार देखिएको छ ।

आज कारोबार पनि सन्तोषजनक रह्यो । कुल ४३ करोड ६४ लाख रुपियाँको करोबार भएकोमा माछापुछ्रै बैंक एक्लैको नौ करोड ३० लाख रुपियाँको कारोबार छ । त्यसपछि धेरै कारोबार गर्ने नेपाल बैंकको दुई करोड रुपियाँको मात्रै करोबार छ ।

बाणिज्य बैंकसहित अधिकांश समूहका कम्पनीहरुमा सुधार आउँदा नेप्सेमा सकारात्मक प्रभाव कायम रहेको छ । बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ५६ अंकले बढेको छ । वित्त, उत्पादनमूलक र अन्य समूहका सुचकहरुमा भने सामान्य गिरावट देखिएको छ ।

आज धेरै नाफा गर्नेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement