अखिल अध्यक्ष महर र पराजुलीमाथि प्रहरी दमन, मोडल अस्पतालमा उपचार हुँदै

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को छात्रवृत्ति प्रकरणविरुद्ध आन्दोलनरत विद्यार्थी पक्राउबारे बुझ्न पुगेका अनेरास्ववियुका अनेरास्ववियुका अध्यक्ष ऐन महर र पूर्वसचिव सुदेश पराजुलीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ ।

आईओएमविरुद्ध आन्दोलन गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको थियो । पक्राउ गरेका विद्यार्थीहरुलाई भेट्न गएका अनेरास्ववियुका अध्यक्ष ऐन महर र पूर्वसचिव पराजुलीलाई प्रहरीले गेटमै रोकेर निर्घात कुटपिट गरेको हो । सामान्य घाइते भएका महर घर फर्किसकेका छन् भने पराजुलीको टाउको र ढाडमा चोट लागेको छ । हाल उनको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement