युट्युबमा गोपनियता उल्लंघन गरेको आरोपमा गुगललाई १७० मिलियन डलर जरिवाना

Advertisement

काठमाडौं । अमेरिकास्थित फेडरल ट्रेड कमिशन (एफटीसी) र न्यू योर्कको अटर्नी जनरल (महान्यायधिवक्ता) को कार्यालयले गुगललाई १७० मिलियन डलर जरिवाना गरेको छ । युट्युबमा बालबालिकाको गोपनीयता उल्लंघन गरेका कारण यति धेरै जरिवाना गरिएको बताइएको छ ।

भिडियो साइटले अवैध रूपमा युवाको बारेमा सूचना संकलन गरेको र यो डेटा बच्चाहरूका लागि लक्षित गर्न प्रयोग गरेको आरोप समेत गुगलमाथि लगाइएको छ । युट्युबले बालबालिकाको अनलाइन गोपनीयता सुरक्षा ऐनलाई समेत उल्लंघन गरेको आरोप एफटिसी र अटर्नी जनरलले लगाएका छन् । ती निकायले यूट्यूबलाई आफ्नो बाल नीति परिवर्तन गर्न निर्देशन समेत दिएका छन् । बच्चाको गोपनीयता ऐन अन्तर्गत अमेरिकामा गरिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै ठूलो रकमको जरिवाना हो ।

यो सजाय तोकिएसँगै अमेरिकी अधिकारीहरूले गुगलको स्वामित्वमा रहेको युट्युबले गलत तरिकाले बच्चाहरूको डाटा संकलन गरिहेको समेत आरोप लगाएका छन् । अधिकारीहरूले युट्यूबले बच्चाहरूबाट जानकारी धेरै जानकारी संकलन गर्ने र यसलाई विज्ञापन बढाउन प्रयोग गरेर लाखौं डलर कमाउने गरेको आरोप समेत लगाएका छन् ।

गुगल(ट्यूब) जरिवाना तिर्न सहमत भएको समेत अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो जरिवानामध्ये १३० मिलियन डलर एफटीसीमा र ४० मिलियन डलर न्यु योर्क अटर्नी जनरलमा लिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement