विदेशीले अब नेपाली बैंकमा पनि मुद्दती निक्षेप राख्न पाउने

Advertisement

काठमाडौं । विदेशीले पनि नेपालमा खाता खोलेर विदेशी मुद्रा मुद्दती निक्षेपमा राख्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार १६ बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार निर्देशन अनुसार, उनीहरुले जम्मा गरेको रकमको शत प्रतिशत रकमसम्म नेपाली मुद्रामा कर्जा लगानी गर्न सकिने छ । यस्तो विदेशी मुद्राको मुद्दती निक्षेप कम्तिमा २ वर्षको हुनुपर्नेछ ।

यस्ता खालको खाता विदेशी संस्था र गैरआवासीय नेपालीले खोल्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । दुई वा दुईभन्दा बढी संस्था वा गैरआवासिय नेपालीको नाममा संयुक्त रुपमा समेत खाता खोल्न सक्नेछन् ।

यस्तो खाता खोल्न नेपाल सरकारबाट जारी भएको गैर आवासिय नेपालीको परिचयपत्र हुनुपर्नेछ । र यो परिचयपत्र नविकरण गरेको हुनुपर्नेछ ।
तर विदेशी निक्षेपकर्ताको हकमा संस्थाको सञ्चालक समितिले खाता खोल्न गरेको निर्णय समावेश गराउनुपर्नेछ ।

खाता अमेरीकी डलर, पाउण्डस्टलिङ, युरो, अष्ट्रेलियन डलर, कयानेडियन डलरमा खोल्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले यसको लागि १६ वटा शर्त राखेको छ ।

Advertisement

Advertisement

Advertisement