मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन सबै पूर्वाधार तयार भयोः धितोपत्र बोर्ड

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन सबै पूर्वाधार तयार भएको बताएको छ । बोर्डले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६)लाई स्वीकृति प्रदान गरिएको जनाएको छ ।

मार्जिन कारोबार सुविधा सञ्चालनका लागि मार्जिन कारोबारको राफसाफसम्वन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने तर विद्यमान धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उक्त हितग्राही खाता सञ्चालन सम्वन्धमा कुनै व्यवस्था नभएको सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा आवश्यक संशोधन प्रस्तावसहित वोर्डमा स्वीकृतिका लागि पेश गरेकोमा वजारको विद्यमान अवस्थालाई दृष्टिगत गरी मार्जिन कारोवार अविलम्व सञ्चालन गर्न आवश्यक देखिएकोले उक्त कम्पनीबाट प्रस्ताव भएबमोजिम संशोधित विनियमावलीलाई स्वीकृत गरिएको बोर्डले बिहीबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

यस व्यवस्थाअनुसार सिडिएससीले मार्जिन कारोबार राफसाफ प्रयोजनका लािग हितग्राही खातासम्बन्धीे व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनु पर्नेछ ।

साथै, यसबाट राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्यमार्फत् मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने व्यवस्था पनि गरिएको छ । विनियमावली संशोधनपछि मार्जिन कारोवार सुविधा सञ्चालनमा आई धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने बोर्डको दावी छ ।

Advertisement

Advertisement

Advertisement