अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै आधा किलो सुनसहित २ जना पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारबाट नेपाल आएका नेपाली नागरिक सन्तोष कुमार नेपाली सुनसहित पक्राउ परेका हुन् । नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार सन्तोषबाट ४ सय ८२ ग्राम सुन बरामद भएको छ ।

सन्तोषले ल्याएको सुन ‘रिसिभ’ गर्न आएका अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुजन बहादुर घले छन् ।

दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement