अदालतले दोषी ठहर गरेका एमालेका पूर्वसांसद डीबी कार्की प्रहरीको नियन्त्रणमा

Advertisement

काठमाडौं । तत्कालीन एमालेका सांसद डोलबहादुर (डीबी) कार्की प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोप लागेका उनलाई बिहीबार बिहान काठमाडौंको कलंकी आसपास क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।

अदालतको आदेशले कार्कीलाई विहीबार जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । घुस काण्डमा सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले रु एक लाख जरिवाना र छ महीना कैद हुने फैसला सुनाएको थियो ।

विसं २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले रु दुई लाख पाँच हजार र कार्कीले रु एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार(चार महीना कैद र बिगोबमोजिम रु एक(एक लाख जरिवाना हुने फैसला सुनाएको थियो ।

प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसद्को सभासद् भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महीना कैद सजायसमेत थप गरी छ महीना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

Advertisement

Advertisement

Advertisement