एनआईसी एशियाको एजीएम असोज १० गते, ११ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको २२ औँ वार्षिक साधारण सभा(एजीएम) असोज १० गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले शुक्रबार बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा बोलाएको हो।

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका ६ वाणिज्य बैंकमध्ये साधारण सभा आह्वान गर्ने एनआईसी पहिलो बैंक हो। लाभांश घोषणामा भने सिटिजन्स बैंक पहिलो भएको थियो। बैंकले साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

साधारण सभा प्रयोजनका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सेयर दाखिल खारेज बन्द(बुक क्लोज)हुने बैंकले जनाएको छ । हाल ८ अर्ब ८३ करोड ४२ लाख चुक्ता पूँजी रहेको बैंकको ८८ करोड ३४ लाख रुपियाँको बोनस पश्चात चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपियाँ पुग्नेछ।

Advertisement

Advertisement

Advertisement