इक्रा नेपालको साधारण सभा असोज १० गते, ३३ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर असोज १० गते वार्षिक साधारणसभा आह्वान गरेको छ। इक्रा नेपालले दिउँसो साढे २ बजे होटल अन्नपुर्ण दरबारमार्गमा वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीहरुलाई चुक्ता पूजीको ३३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । इक्राको चुक्ता पुँजी दुई करोड रुपियाँ रहेको छ। कम्पनीले गत वर्षको भन्दा यस वर्ष लाभांश दर बढाएको हो। गत वर्ष उसले चुक्ता पूजीको २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश गरिनेछ । लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । इक्रा नेपाल इक्रा लिमिटेडको सहायक कम्पनी हो।

Advertisement

Advertisement

Advertisement