सरकारले बढाईछाड्यो दुधको मूल्य, भदौ २१ गतेबाट लागू हुने

Advertisement

काठमाडौं । विरोध हुँदाहुँदै सरकारले दुधको मूल्य बढाएरै छाडेको छ । दुधको मूल्य समायोजनका लागि बनाइएको सरकारी कार्यदलले दुध बढि खपत हुने समयमा प्रतिलिटर १० रुपियाँ र कम खपत हुने समयमा प्रतिलिटर छ रुपियाँ मूल्य बढाउन सिफारिस गरेको थियो ।

तर उपभोक्ता अधिकारवादीहरुले भने किसानलाई उचित मूल्य दिन अनुदानको विकल्प हुँदाहुँदै उपभोक्तालाई भार पर्नेगरी मूल्य बढाउन नहुने बताउँदै आएका थिए । दशैंको मुखमा दुधको मूल्य बढ्दा बजारमा थप महंगी बढने देखिएको छ । कार्यदलले दुईथरी मूल्य सिफारिस गरे पनि सरकारले भने एउटा मूल्य वृद्धिको निर्णय गरेको हो ।

दुधको मूल्य बढाउन किसानभन्दा विशेषगरी डेरी उद्योगहरुले सरकारलाई दबाब दिँदै आएका थिए । दुग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र धिमिरेका अनुसार भदौ २१ बढेको समायोजित मूल्य लागू हुनेछ ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनाल दूधको मूल्य बढाउने निर्णय गरेर डेंगु लागेको भन्दै ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement