चीन र अमेरिकाबीच व्यापार सम्झौताको तयारी

Advertisement

बेइजिङ । चीन र अमेरिकाबीच नयाँ व्यापार सम्झौताको तयारी भएको छ ।

चीनका उच्चस्तरीय प्रतिनिधिहरु छलफलका लागि यही बिहीबार अमेरिका गएका छन् । आगामी अक्टोबरमा दुई पक्षीय वार्ताको तयारी भएको अमेरिकी मिडियाले जनाएका छन् ।

उक्त सम्झौतासँगै दुई मुलुकबीचको व्यापार युद्ध रोकिने अपेक्षा गरिएको छ । चिनियाँ उच्चस्तरीय व्यापार सहजकर्ता लुइ हेले पनि सम्झौताबारे अमेरिकी व्यापार प्रतिनिधिहरुसँग छलफल गरिसकेका छन् ।

यस्तै आगामी अक्टोबर महिनामा अमेरिका भ्रमणबारे सेप्टेम्बरको मध्यतिर एक मध्यमस्तरीय छलफल गरिने पनि चीन सरकारले जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement