महालक्ष्मी विकास बैंकको नयाँ शाखा शंखमूलमा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले शंखमुलमा शाखा संचालनमा ल्याएको छ ।यो सँगै बैंकको शाखा सय वटा शाखा पुगेको छ । शाखाको उद्घाटन राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले आगामी दिनमा अझैं उत्कृष्ट सेवा दिने प्रतिवद्धता जनाए । उनले बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तरता दिने बताएका छन् । कार्यक्रममा बैंकका अध्यक्ष राजेश उपाध्याय समेत सहभागी थिए।

Advertisement

Advertisement

Advertisement