२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्त:  मन्त्री पण्डित

Advertisement

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फेरि राष्ट्रसेकव कर्मचारीहरुलाई सरकारले खटाएको ठाउँमा नगए कारबाही गर्ने चेतावनी दिएका छन् । त्यतिमात्रै होईन, सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने मन्त्री पण्डितको चेतावनी छ ।

बिहीबार मन्त्री पण्डितले सप्तरीको कंचनरुप नगरपालिकालाई प्रदेश २ को पहिलो र मुलुककै तेस्रो बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, जुन कर्मचारीलाई जहाँ खटाइएको छ, तलव सेवा सुविधा पनि त्यहींबाट मात्र पाउँछन् ।

उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो सुरु हुने चेतावनी दिए । तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव भत्ता र सुविधा केही पनि नपाउने उनले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement