नेपाल इन्भेस्टमेन्ट बैंक र सेलपेबीच सहकार्य

Advertisement

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना सबै ग्राहकहरूमा नेपालमा डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा अझ प्रवद्र्धन गर्नका लागि भर्खरै सञ्चालनमा आएको नेपाल राष्ट्र बैंक अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा नेपाल इन्मेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूले सेलपे एकाउन्टमा आफ्नो खाता आवद्ध तुल्याउनेवित्तीकै सयको मोबाइल रिचार्ज (टप–अप) पाउने सेलपेमार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता (क्यास ब्याक अफर) पनि पाउने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सेलपे सेलकम सञ्चालित नेपाल राष्ट्र बैंक अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताबाट डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थान्तन्तरण सेवा प्रदान गर्छ । भुक्तानी सुरक्षित विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपेमार्फत गरिएको भुक्तानी उही समयमा हुन्छ ।

ग्राहकहरूले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थान्तन्तरण गर्न सक्नेछन् । ग्राहकहरूले सेलपे भुक्तानी विल्कप रहेका स्थानहरू सेलपे मार्फत् अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसमार्फत् मोबाइलको टप–अप गर्न, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरूको बिललगायत बिल भुक्तानी गर्न सकिने छ ।

२०४२ साल (सन् १९८६) मा स्थापना भएको नेपाल इन्भेस्टमेन्ट बैंकले ८२ शाखाहरू, १२० एटीएमहरू, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टर र ५४ ब्रान्चलेस बैंकिङ काउन्टरहरूमार्फत् ग्राहकको सेवा पुर्याउँदै आएको छ ।

बैंकले बेलायतको प्रसिद्ध फाइनान्सियल टाइम्स ग्रुपको बैंक म्यागजिन द बैंकरद्वारा उदाहरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म ‘बैंक अफ द इयर’ अवार्डका साथसाथै बेस्ट बैंक २०१८ का लागि ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ पाइसकेको छ । यसका साथै इक्रा नेपाल (इन्टनेसनल क्रेडिट रेटिङ एजेन्सी– नेपाल) ‘ए प्लस’ साख निर्धारण पाइसकेको छ ।

Advertisement

Advertisement

Advertisement