सिटी एक्सप्रेस पनि कनेक्ट आईपीएसमा आवद्ध

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । क्लियरिङ हाउसको कनेक्ट आईपीएसमार्पmत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट कारोबार हुनेछ ।

यस सेवाअन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्ट आईपीएस ई–पेमेन्टमार्पmत रियल टाइम र एनसीएचएल–आईपीएसमार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ । यसअनुरुप अब बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने सिटी एक्सप्रेसको भनाई छ ।

सम्झौता पत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र सिटी एक्सप्रेस प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि काम गर्दै आएको छ । उसका विश्वभर रहेका रेमिट एजेन्टहरुबाट सात हजारभन्दा बढी नेपालको एजेन्टहरुमार्फत भुक्तानी हुन्छ ।

Advertisement

Advertisement

Advertisement