फेरी प्रशारण हुँदै भद्रगोल, पाँडे, जिग्री, कक्रोज र बलेलाई देख्न नपाइने

Advertisement

काठमाडौँ । बहुचर्चित हास्य टेलिश्रृखला “भद्रगोल” फेरि नयाँ कथावस्तु र नयाँ शैलीमा प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने “भद्रगोल” अब नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो । दर्शक माझ निकै रुचाएको “भद्रगोल” टेलिफिल्मीलाई स्थापनाकालदेखि कै कलाकार ज्योती काफ्ले र अर्का बाहुन डनका भुमिका देखिएका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्दै नेपाल टेलिभिजनबाट आउन लागेका हो ।

भोली शुक्रबार ८ः ३० बजे प्रसारण हुने “भद्रगोल” नयाँ शैलीसहित निर्देशनमा समेत हात हालेका काफ्ले भद्रगोलमा पहिलेकै चर्चित पात्र मङ्गल थाडु बनेर आउनेछन् भने अशोक धिलात बाहुन डन बनेर आउनेछन । विचमा काम विशेषले नियमित हुन सकिएन् काफ्लेले भने, बहुचर्चित हास्य टेलिश्रृखला हामी सबै मिलेर जन्माएका थियौँ बन्द हुनुहुदैन् भन्ने हाम्रो मान्यता हो, यहि कारण अब आफै निर्देशनसहित आएको छु, आशा छ, दर्शकको माया थप पाउनेछु ।

मोसफल चितवन हुदै राष्ट्रिय कलाकारितामा छिरेका काफ्लेले मेरी बास्सै र तितो सत्यमा नक्कली बाबुराम बनेर चर्चा कमाएका थिए । उनले चलचित्र समेत अभिनय गरेका छन् । मिडिया हबकै प्रस्तुतीमा नयाँ शैलीसहित आउने “भद्रगोल” मा अब भने जनताको जनजिविकासगँ सरोकार र समस्यामा केन्द्रिय हुने विषय बस्तु समेट्दै, त्यहि ठाउँको परिवेश समेत चित्रण गर्ने लक्ष्य रहेको उनले बताए । जसमा ज्योती काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारहरुको अभिनय रहने छ ।

Advertisement

Advertisement

Advertisement