सुनको मूल्य घट्ने क्रम जारी नै, तोलामा १४ सय कम

gold-price-hike

काठमाडौं । साताको छैटौँ दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७३ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज १४ सय रुपियाँले घटेर प्रतितोला ७२ हजार रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७१ हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ९४० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७७१ रुपियाँ ६० पैसा कायम गरेको छ ।