नेशनल लाइफले सेयरधनीलाई १४.५ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । भदौ १८ गते सम्पन्न सञ्चालक समितिको ४१७ औं बैठकले कूल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

आर्थिक वर्ष २०७४।७५ को नाफाबाट नेशनलले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर सहित उक्त परिमाणमा लाभांश दिने घोषणा गरेको हो ।

नेशनल लाइफको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्। अघिल्लो आर्थिक वर्ष २०७३।०७४ मा कम्पनीले १३.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

Advertisement

Advertisement

Advertisement