‘डिपार्टमेन्टल स्टोर, होटल, पसलमा कार्डबाट भुक्तानी गर्दा थप शुल्क लिइए हामीलाई खबर गर्नुहोस्’

Advertisement

काठमाडौं । विद्युतीय कार्डबाट भुक्तानी गर्दा अबदेखि कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले प्वाइन्ट अफ सेल मेसिनमार्फत कारोबार गर्दा डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसललगायतका मर्चेन्टहरुबाट भुक्तानी गर्दा पैसा नलिन सूचना जारी गरेको हो ।

कुनै मर्चेन्टले कारोबार रकमबाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिदसहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement