सेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै घाटा व्यहोर्नेमा पाँचथर पावरका लगानीकर्ता

Advertisement

आज साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से १२ दशमलव ६१ अंकले घटेर एक हजार १७८ दशमलव ४६ कायम भएको छ । कुल ३० करोड ५३ लाख रुपियाँको करोबार भएकोमा नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ५१ लाख रुपियाँको कारोबार छ ।

त्यसपछि, धेरै कारोबार गर्नेमा एनआइसी एशिया बैंकको एक करोड ६१ लाख रुपियाँको मात्रै करोबार छ । आज सबै समूहको सूचक राताम्मे भएको छ । नीर्जिवन बीमा कम्पनीको सूचकमा दुई प्रतिशतको गिरावट आएको छ भने अन्य सबै सूचकहरुमा एक प्रतिशतको हाराहारीमा गिरावट आएको देखिन्छ ।

आज धेरै नाफा गर्नेमा आँधिखोला लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि छन् । जसको नाफामा ४० अंकको सुधार भएको छ । त्यस्तै, दोस्रो नफा कमाउनेमा जानकी फाइनान्सका लगानीकर्ता अगाडी छन् । कम्पनीको नाफामा १० अंकको सुधार भएको देखिन्छ ।

त्यसैगरी, आज धेरै घाटा खानेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीले नौ अंकको घाटा व्यहारेको छ । त्यसैगरी दोस्रो धेरै घाटा खानेमा युनिभर्सल पावर कम्पनीका लगानीकर्ता रहेका छन् । युनिभर्सलको नाफामा सात अंकको गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement