विश्व उर्जा सम्मेलनमा भाग लिन यूएई जाँदैछुः उर्जामन्त्री

Advertisement

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन संयुक्त अरब इमिरेट्स (यूएई)को तीन दिने भ्रमणमा जाने तयारी गरेका छन् । मन्त्री पुनले आफ्नो सचिवालयमार्फत यूएई भ्रमणबारे जानकारी गराएका हुन् ।

युएईमा आयोजना हुन लागेको २४औं विश्व उर्जा सम्मेलनमा भाग लिन आफू आइतबार साँझ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जान लागेको पुनले बताएका हुन् । सम्मेलनमा ७० मुलुकका उर्जामन्त्रीहरुको सहभागीता हुनुको साथै विश्भरबाट पाँच सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ताहरुको सहभागी समेत रहने जनाइएको छ ।

एक सय ५० देशको सहभागीता रहने उक्त सम्मेलनमा तेल, ग्यास, जलविद्युत, पुर्वाधार,उर्जा उत्पादन, वैकल्पिक उर्जा, नवीकरणीय उर्जा र ग्रिड प्रविधिको बिषयमा छलफल हुने मन्त्री पुनले सचिवालयद्धारा प्रेसित समाचारमा उल्लेख छ ।

मन्त्री पुनले सम्मेलनमा उर्जा, जलस्रोत, खाद्य, पर्यावरणसम्वन्धी बिषयमा आफ्नो धारणा राख्ने छन् । यसै सन्दर्भमा आइतबार यूएईका राजदूत साईद हम्दद् अल नाकिवले उनलाई भेटन् उर्जा मन्त्रालय पुगे ।

भेटमा राजदूत नाकिवले आफूहरु तेल र ग्यासको सट्टा नवीकरणीय उर्जामा ध्यान केन्द्रीत गर्न लागेको बताउँदै नेपालमा पनि लगानीका लागि आफूले पहल गर्ने बताए । उनले यूएईमा हुन लागेको सम्मेलनबारे मन्त्री पुनलाई जानकारी पनि गराए ।

भेटमा मन्त्री पुनले नेपालको उर्जा क्षेत्रमा लगानीको लागी उपयुक्त वातावरण बनेको भन्दै यूएईका लगानीकर्तालाई नेपालमा लगानीको लागी प्रेरित गरिदिन आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement