भद्रगोलबाट बाहिरिएका कलाकारहरुले नयाँ टेलिसिरियल ल्याउँदै

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरुले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ ।

मिडिया हबसँगको विवादपछि भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल र अर्जुन घिमिरेको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेको हो । उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ ।

आउँदो असोज २ गतेबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने टिमले जनाएको छ ।