संसदको विकास समितिको टोली सिस्डोल र बन्चरेडाँडा निरीक्षणमा

Advertisement

नुवाकोट । संसदको विकास तथा प्रविधि समितिको टोलीले सोमबार सिस्डोल ल्याण्डफिल साइट र प्रस्तावित बन्चरेडाँडा ल्याण्डफिस साइटको निरीक्षण गर्यो । समितिकी सभापति कल्याणी खड्का नेतृत्वको संसदीय टोलीले दुवै स्थानको निरीक्षण गरेको हो ।

काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको सिस्डोलमा फोहोर फाल्ने अवधि पटक पटक समाप्त भए पनि अवधि थप गरिँदै आएकाले स्थानीयले विरोध जनाउँदै आएका छन् । पछिल्लो पटक थपिएको अवधिको पनि यो महिनाबाट सकिँदै छ । बन्चरे डाँडामा ल्याण्डफिस साइट निर्माणकार्य जारी रहेको र आउँदो मंसिरदेखि उक्त स्थानमा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement