चिनियाँ विदेशमन्त्री आएको बेला चिनियाँ दूतावास अगाडि धर्ना गर्ने महिलाहरु पक्राउ

Advertisement

काठमाडौं । चिनियाँ विदेशमन्त्री नेपाल आएको बेला चिनियाँ दूतावास अगाडि धर्ना दिने झण्डै एक दर्जन महिलालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मागसहितको व्यानर बोकेर धर्ना दिइरहेको बेला प्रहरी आएर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने १० जना रहेका छन् । उनीहरुले विवाह गर्ने बहानामा चीनमा नेपाली चेली बेचबिखन भइरहेको भन्दै ‘चेलीबेटी बेचबिखन बन्द गर्न, चिनियाँ दादागिरी बन्द गर्न, मानव तस्करी अन्त्य गर्न माग गरेका थिए ।

यसअघि फ्रि तिब्बत पक्षधरहरुले प्रदर्शन र आत्मदाहको प्रयास गरे पनि यस पटक भने त्यो खालका घटनाहरु अहिलेसम्म भएको छैन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आएका हुन् ।

Advertisement

Advertisement

Advertisement