माइतीघरमा आगलागी, दमकल आएर नियन्त्रण

Advertisement

काठमाडौं । माइतीघरस्थित एक बिजुलीको पोलमा सोमबार आगलागी भएको छ । विभिन्न इन्टरनेटदेखि केवल सेवा प्रदायकहरुको समेत तारहरु रहेको पोलमा आगलागी भएको हो ।

आगलागी हुँदा केही बेला माइतीघर क्षेत्रको यातायातसमेत प्रभावित भएको थियो । तत्कालै दमकल आई आगलागी नियन्त्रण गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । के कति कारणले आगलागी भएको हो ? छानविन भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement