भक्तपुरको ब्यासीमा दुईवटा पाटी पुनर्निर्माण सम्पन्न

Advertisement

भक्तपुर । भक्तपुर नगरपालिका–२ स्थित ब्यासी टोलका दुईवटा पाटीको पुनर्निर्माण सम्पन्न भएको छ। दुबै पाटीका पुनर्निर्माणका लागि खर्च भने अनुमानितभन्दा निकै कम भएको जनाइएको छ ।

झ्याल भएको पाटी र ढोकाबाहिरको पाटी भनिने उक्त दुई पाटीको सोमबार बिहान नगरपालिका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका थिए। यसमध्ये झ्याल भएको पाटीको अनुमानित खर्च २९ लाख ९२ हजार ७५६ रूपैयाँ थियो भने कूल खर्च १४ लाख ९० हजार ६५६ रहेको बताइएको छ।

ढोकाबाहिरको पाटीको अनुमानित खर्च १६ लाख ५० हजार रूपियाँ थियो, तर खुद खर्च भने १४ लाख ३७ हजार ३५७ रहेको थियो। कार्यक्रममा झ्य दगु फल्चा उपभोक्ता समितिका अध्यक्ष विक्रम सुलु र ध्वाका बाहिरको पाटी उपभोक्ता समितिका अध्यक्ष नरेश बासुकलाले स्थानीय जनसहभागिताका र सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए।

Advertisement

Advertisement

Advertisement