चाडपर्वमा महिन्द्राको जी ९० ग्रेडर र अर्थमास्टर ब्याकहो किन्दा विशेष छुट अफर

Advertisement

काठमाडौं । चाडपर्वको अवसरमा महिन्द्रा एण्ड महिन्द्राले केही दिनअघि मात्रै नेपालमा सार्वजनिक गरेको जी ९० ग्रेडर र अर्थमास्टर ब्याकहो लोडर किन्दा विशेष छुट पाइने भएको छ । नेपालको लागि महिन्द्रा एण्ड महिन्द्राको हेभी इक्विपमेन्टको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले चाडपर्वको अवसरमा विशेष अफर घोषणा गरेको हो ।

यस्ता उपकरणहरु खरिद गर्दा चार हजार घण्टा वा दुई वर्षसम्मको सर्भिसिङमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क पाइने छ । यस अन्तर्गत एक वर्षको बीमा र एक आर्थिक वर्षको सवारी कर तथा एक लाख रुपियाँ नगद छुटसमेत प्राप्त हुनेछ ।

महिन्द्राको जी ९० ग्रेडरको शुभारम्भ मूल्य ७२ लाख रुपियाँ तोकिएको छ भने पहिलदेखि नेपाली हजारमा रहेको अर्थमास्टर ब्याकहो लोडरको मूल्य ४३ लाख २५ हजार रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement